Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कोशीमा मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

    कोशीमा मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक र गैरकानूनी भन्दै परेको रिटमाथि आज सुनुवाइ हुँदै छ ।

    मुख्यमन्त्री थापालाई अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै उत्प्रेषणमार्फत खारेजीको मागदाबी सहित सर्वोच्चमा दायर गरेको रिट निवेदन न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।



    कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।



    नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई रिट निवेदनमा विपक्षी बनाएका छन् ।

    कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् ।

    कार्कीले असंवैधानिक रूपमा भएको थापाको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेश माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार