Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • पश्चिम बंगालमा हिंस्रक चुनाव, २४ घण्टामा १८ जनाको मृत्यु

    पश्चिम बंगालमा हिंस्रक चुनाव, २४ घण्टामा १८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 630
    SHARES

    एजेन्सी । भारतको पश्चिम बंगालमा शनिवार भएको पञ्चायत चुनाव हिंस्रक बनेको छ ।

    दिनभर भएका हिंस्रक घटनामा १८ जनाको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले सुरक्षाका लागि प्रदेशभर १ लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो ।



    मतदानका क्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताबीच झडप, बन्दुक प्रहार र बम प्रहारका घटना भएका छन् ।



    मृत्यु हुनेमा टीएमसीका १०, भारतीय जनता पार्टी (भाजपा) का ३, भारतीय कांग्रेसका ३ र सीपीआईएमका २ कार्यकर्ता रहेका छन् । हिंसाका घटना बंगालका मुर्शिदाबाद, कूचबिहार, पूर्वी बर्दवान र मालदामा भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार