Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिन्दु धर्मावलम्बीलाई लिङ्देनको आग्रह - मन हिन्दुत्व तर्फ र मत धर्म निरपेक्षतर्फ नगर्नू

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको तागतको बलमा केही वर्षभित्रै नेपाल पुनः हिन्दूराष्ट्र बन्न सम्भव भएको बताएका छन् ।

शनिबार साँझ पशुपतिनाथ मन्दिरको नित्य आरतीमा सहभागी हुँदै लिङ्देनले यस्तो बताएका हुन् ।

उनले हिन्दुत्वप्रति जनताको आस्था र विश्वासको उच्च सम्मान व्यक्त गर्दै नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्ने अभियानमा साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताए ।

साथै उनले नेपाललाई हिन्दूराष्ट्र बनाउने शक्तिशाली संकल्प गर्न जनसमुदायलाई आग्रह गरे । मन हिन्दुत्व तर्फ र मत धर्म निरपेक्षतर्फ नगर्न हिन्दु धर्मावलम्बीलाई उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077