Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री श्रेष्ठले गरे प्रधानमन्त्री कप भलिबलको उद्घाटन

    गृहमन्त्री श्रेष्ठले गरे प्रधानमन्त्री कप भलिबलको उद्घाटन

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 819
    SHARES

    काठमाडौं । नेपाल भलिबल संघको आयोजनमा आजबाट सातौँ प्रधानमन्त्री कप एन.भी.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग सुरु भएको छ ।

    लिगको उपप्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले एक कार्यक्रमकाबीच अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवालाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका छन् ।



    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गृहमन्त्री श्रेष्ठले हालका प्रधानमन्त्रीको कार्यकालमा भएको भलिबललाई राष्ट्रिय खेलको रूपमा गरेको घोषणालाई खेलाडी तथा नेपाल भलिबल संघले औचित्य पुष्टि गर्दै राष्ट्रिय गौरवमा अभिवृद्धि गरेको बताए ।



    गत माघमा भएको सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनोट भएका टोलीले लिगमा स्पर्धा गर्नेछन्। लिगको विजेताले काभा क्लव लिग च्याम्पियनसिपमा भाग लिनेछ।

    प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेताले समान ६ लाख रुपैयाँ पाउनेछन्। दोस्रो हुनेले ३, तेस्रोले १ लाख ५० हजार र चौथौ हुनेले ७५ हजार रुपैयाँ पाउनेछन्।

    प्रतियोगितामा पुरुष तथा महिलातर्फका सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार रुपैयाँ पाउनेछन्।

    यस्तै, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ हात पार्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार