Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको छ । सडकखण्डको कालीखोला नजिक शनिबार सुक्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार अपराह्न करिब ४ बजेतिर पहिरो खसेको हो ।

सडक डिभिजन भरतपुरबाट तैनाथ अवस्थामा राखिएको मेशिन उक्त स्थानतर्फ जाँदै गरेको सो कार्यालयले जनाएको छ ।

हाल पहिरोमा ढुङ्गाहरु झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन केही समय लाग्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077