Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्ष लिङ्देनले भने - राप्रपालाई स्थानीय तहसम्म जोड्न ६ महिना धरान गएर काम गर्छु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक स्थानीय तहलाई राप्रपासँग जोड्न आवश्यक रहेको बताएका छन् ।

शनिबार राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसको लागि आफै धरान उपमहानगरमा गएर ६ महिना काम गर्ने घोषणा गरे ।

अध्यक्ष  लिङ्देनले देशलाई माया गर्ने, धर्मलाई माया गर्ने र देशभित्र नै रोजगारी सिर्जना होस् भनेर चाहना राख्नेहरूको पार्टी राप्रपा हो भनेर बुझाउनुपर्ने भन्दै आफै धरान उपमहानगरपालिकामा ६ महिनाका लागि काम गर्न जान लागेको बताए ।

उनले ६ महिनामा दैनिक त्यहाँ बस्न सम्भव नभए पनि धेरैजसो समय स्थानीय तहलाई दिने र वडा वडाबाट जनताका कुरा सुन्न हरेक नेता ६ महिनाका लागि निश्चित स्थानीय तहसँग जोडिनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077