Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनतालाई ठेस पुगेको छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले संसदको गरिमामा ठेस पुगेको बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको बताएका हुन्।

नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पुर्‍याएको छ ।’

असार १८ गतेको कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए ।

नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्ति गलत भएको बताए ।

उनले प्रधानमन्त्रीलाई विचार पुर्‍याएर बोल्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077