Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशीमा बनेको नयाँ सरकार असंवैधानिक भएको बाबुरामको दाबी, भन्छन् - जो अगुवा उहीँ...?

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा बनेको नयाँ सरकार असंवैधानिक भएको दाबी गरेका छन् । उनले बिहीबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो दाबी गरेका हुन् ।

उनले हिजो केपी ओलीले संविधानविपरीत गरे भनेर संयुक्त आन्दोलन गरेकाहरुले नै कोशी प्रदेशमा लोकतन्त्रविरोधी हर्कत गरेको बताए । उनले जो अगुवा उसैले यस्तो हर्कत कसरी गर्न सकिन्छ भनेर प्रश्नसमेत गरेका छन् ।

‘हिजो के पी ओलीले संविधान विपरीत काम गरे भनेर हामीले संयुक्त आन्दोलन गर्यौस अदालत र जनताले पनि साथ दिएर हामीले प्रतिगमन रोकियो भन्यौं १’, भट्टराईले लेखेका छन्, ‘आज तिनै साथीहरू नै एकपछि अर्को संविधान र लोकतन्त्रविरोधी हर्कत गर्दै जाने हो भने अब संविधान र लोकतन्त्रको रक्षा कसले गर्छ ? १ नं प्रदेशको हर्कतलाई कसरी जायज ठहर्याउन सकिन्छ ? जो अगुवा उही ?’

कोशीमा एमालेका हिक्मत कुमार कार्कीको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि आज सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077