Online Nepal
  • बिहिबार, ६ मंसिर २०८१
  • सरकारकी प्रवक्ता शर्मा भन्छिन्- एमालेले बेकारको विषय उठायो, प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न

    सरकारकी प्रवक्ता शर्मा भन्छिन्- एमालेले बेकारको विषय उठायो, प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने बताएकी छिन् ।

    बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि पत्रकारहरूले राखेको जिज्ञासामा प्रवक्ता शर्माले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिने स्पष्ट पारेकी हुन् ।



    उनले कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको भन्दै उनले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेकाले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन्।



    उनले भनिन्, ‘जो व्यक्ति आजका दिनसम्म आइपुग्दासम्म जसरी मिडियामा बोलिसक्नुभएको छ, त्यो विषय पनि बेकार यो उठाउनुपर्ने विषय होइन, भन्ने नै प्रमाणित भएको, त्यसैले यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन । राजीनामा दिनुहुन्न।’

    प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद् अवरोध गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार