Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री सचिवालयले भन्यो – प्रचण्डको राजीनामा माग्नु भ्रष्टाचारविरोधी अभियान रोक्ने मनसाय !

    प्रधानमन्त्री सचिवालयले भन्यो – प्रचण्डको राजीनामा माग्नु भ्रष्टाचारविरोधी अभियान रोक्ने मनसाय !

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 639
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ।

    प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै सरदार प्रितम सिंहकी पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको हो।



    सचिवालयले असार १५ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेकोप्रति आपत्ति जनाएको छ।



    प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश लगत्तै प्रधानमन्त्री प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको बताएको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आउनु भएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा सम्माननीय प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गर्नुभएको प्रष्ट नै छ। यसै क्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो। तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् छ।’

    जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रधानमन्त्रीसँग सरदार सिंहको भेटघाट र चिनजान भएको विज्ञप्तिमा भनिएको छ। सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गरेको विज्ञप्तिमा भनिएको छ।

    पुस्तक विमोचनमा दिएको अभिव्यक्तिको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रुपमा संसद अवरोध गर्दा मिटरब्याजीहरूलाई कार्वाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निस्क्रिय भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार