Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

    एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 798
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि आज पनि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे जवाफको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेका हुन् ।



    दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए ।



    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो ।

    बैठक अवरुद्धपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले शुक्रबार १२ बजेर २९ मिनेटमा बैठक बस्‍ने गरी राष्ट्रिय सभाको बैठक स्थगित गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार