Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सरकारी जग्गा मास्न पाईंदैन भन्दै महानगरपालिका भित्रै आईजीपी र मेयरविरुद्ध स्थानीयबासीको नाराबाजी

    सरकारी जग्गा मास्न पाईंदैन भन्दै महानगरपालिका भित्रै आईजीपी र मेयरविरुद्ध स्थानीयबासीको नाराबाजी

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाका स्थानीयबासी र झण्डै दुई दर्जन संघ संस्थाहरुले महानगरपालिकाका मेयर र नेपाल प्रहरीका आईजीपीविरुद्ध नाराबाजी गरेका छन् । करोडौंको सरकारी जग्गा मासेर व्यापारीलाई महल बनाउन दिन लागिएको भन्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र आईजीपी बसन्तबहादुर कुँवरविरुद्ध नाराबाजी गर्दै ललितपुर महानगरका स्थानियबासी र विभिन्न २१ संघ संस्थाहरुले महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

    ललितपुर महानगरपालिकाको १२ नम्बर वडा कार्यालय र प्रहरी कार्यालय भत्काएर भूमाफियासँगको सेटिङमा नयाँ कम्प्लेक्स बनाउने महानगरपालिकाको निर्णयमा मेयर चिरिबाबु महर्जन, आईजीपी कुँवरलगायतले हस्ताक्षर गरेका छन् । महानगरपालिकाले बैशाख १९ गते वडा र प्रहरी कार्यालय सार्ने निर्णय गरेको थियो । उक्त निर्णयमा हस्ताक्षर गर्न आईजीपी आफै महानगरपालिकाको कार्यालय पुगेका थिए ।



    सुशासनको भाषण गरिरहने महानगपालिकाका मेयर महर्जन र आफूले आफूलाई भ्रष्टाचार विरोधी बताउने आईजीपी कुँवरले नै वडा कार्यालय र प्रहरी कार्यालय भत्काएर कम्प्लेक्स बनाउन दिने निर्णयमा हस्ताक्षर गरेको भन्दै आन्दोलन गर्दै आइरहेका २१ संघसंस्था र स्थानीयबासीले आज महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । महानगरपालिका घेराउ कार्यक्रममा ३०० जना भन्दा बढी व्यक्तिहरुको सहभागीता रहेको थियो ।



    उनीहरुले  ‘भुमाफिया मुर्दावाद’, ‘सकारी जग्गा मास्न पाईदैन’, ‘प्रहरी कार्यालय सार्न पाईंदैन’ भन्ने जस्ता नारा लगाएका थिए । सरकारी जग्गा मासेर राज्यलाई ठूलो आर्थिक घाटा पुर्याउन लागिएको भन्दै स्थानीयबासीसहित ललितपुरका विभिन्न २१ वटा संघ–संस्थाहरुले महानगरपालिकाको कार्यालय नै घेराउ गरेका हुन् ।

    यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भइसकेको अवस्थामा वडा कार्यालय र त्यसभित्र रहेको प्रहरी कार्यालय नै भत्काएर कम्प्लेक्स बनाउन लागेपछि ललितपुरका विभिन्न संघसंस्थाहरुले स्थाीयबासीको सहयोगमा आन्दोलन गर्दै आएका छन् ।

    २०७९ भदौ १ गते बुधबार भएको बैठकमा लगनखेलमा रहेको १२ नं. वडा कार्यालय र सँगै रहेको महानगरीय प्रहरी प्रभाग भवन खाली गराई वडा कार्यालय सहितको मत्च्छेन्द्र कम्प्लेक्स भवन निर्माण गर्ने निर्णय भएको थियो । बैशाख १९ गते प्रहरी कार्यालय सार्ने निर्णय भएको थियो । महानगरपालिकाले खोजेको भाडाको घरमा प्रहरी कार्यालय सारेर लगनखेलको प्रहरी कार्यालय भएको ठाउँमा कम्प्लेक्स बनाउन गरिएको निर्णयमा स्वयम् आईजीपी बसन्तबहादुर कुँवरले हस्ताक्षर गरेका छन् ।

    ललितपुर महानगरपालिकाले व्यापारी केबी महर्जनसँग मिलेर सो सरकारी जग्गामा व्यापारिक भवन बनाउन लागेको हो । स्थानीय व्यापारी केबी महर्जनले कम्प्लेक्स बनाउने ठेक्का समेत हात पारिसकेका छन् । महर्जन कम्प्लेक्स बनाउन लागिपर्नुको एउटै कारण हो– उक्त सरकारी जग्गापछाडि रहेको सानो बाटो भएको उनको व्यक्तिगत जग्गाको मूल्य बढाउनु र करोडौं कमाउनु । आफ्नो जग्गामा जाने बाटो सानो भएका कारण त्यहाँ व्यपारिक कम्प्लेक्स बनाउने नाममा महर्जनले बाटो ठूलो बनाउने योजना बुनेको सहजै अनुमान लगाउन सकिन्छ ।

    एउटा व्यापारीलाई पोस्नेगरी हुन लागेको यस्तो नीतिगत भ्रष्टाचारमा मेयर, आईजीपी, उपमेयर मञ्जली शाक्य बज्राचार्य, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायतले हस्ताक्षर गर्नु आश्चर्यको विषय बनेको छ ।

    वडा प्रहरी कार्यालय लगनखेल रहेको भवनको जग्गा केबी महर्जन कम्पनीले मच्छेन्द्र कम्प्लेक्स बनाउन २० देखि २५ करोड रुपैयाँमा निर्माण गर्न ठेक्का लिएका छन् । ठेक्का सम्झौता भएको जानकारीमा आएपछि स्थानीय जनताले सो बारेमा बुझ्न खोज्दा महानगरपालिकाले पूर्ण सूचना समेत दिन आनाकानी गर्दै आएको छ । यस बारेमा लामो समयदेखि आन्दोलन भइरहेपनि मेयर महर्जन भने कानमा तेल हालेर बसेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार