Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको घटनास्थलमै मृत्यु

सुर्खेत । दाङको तुलसीपुरमा गुडिरहेको यात्रुवहाक बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको मृत्यु रहेका छन् । उनीहरु दुवै जना बाबु र छोरा भएको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट रोल्पाको दलसिंगेका लागि छुटेको रा १ ख ८३४ नम्बरको बस बिहीबार सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा दुर्घघटना भएको हो ।

बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको जनाईएको छ ।

बसमा २० देखि २५ जना सवार भएको जनाइएको छ । यद्यपि यसबारे थप जानकारी भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077