Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनले गर्‍यो डोनेट्स्कमा भीषण आक्रमण, ४१ जना घाइते

एजेनसी । रुसी सेनाको नियन्त्रणमा रहेको पूर्वी युक्रेनी सहर डोनेट्स्कको माकिभकामा युक्रेनले भीषण आक्रमण गरेको छ ।

युक्रेनी कारबाहीमा एक जनाको मृत्यु भएको तथा अन्य ४१ जना घाइते भएका छन् ।

रुसी अधिकारीहरूका अनुसार युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित ४१ जना घाइते भएका छन् ।

युक्रेनको सेनाले माकिभकामा रहेको रुसी सेनाको एउटा संरचनालाई पनि ध्वस्त पारेको छ । युक्रेनी सेनाले आवासीय क्षेत्र र माकिभकाको अस्पताल परिसरमा पनि भीषण आक्रमण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077