Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्रीले बोल्नै नहुने कुरा बोले, संसद्‍मा आएर जवाफ दिनुपर्छ : उदयशम्शेर राणा

    प्रधानमन्त्रीले बोल्नै नहुने कुरा बोले, संसद्‍मा आएर जवाफ दिनुपर्छ : उदयशम्शेर राणा

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्रीले संसद्‍मा आएर जवाफ दिनुपर्ने बताएका छन् ।

    बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्तिमा तर्कबितर्क गर्नुभन्दा पनि संसद्‍मा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताएका हुन् ।



    उनले प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको बताए । प्रधानमन्त्रीले भारतीय नागरिक सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतमा गएर पटकपटक पहल गरेको भन्ने अभिव्यक्ति बोल्न मिल्ने खालको नभएको उनको भनाई छ ।



    उनले एमालेसहितका विपक्ष दलहरुले त्यसप्रति आपत्ति जनाएपछि प्रधानमन्त्रीले संसदमा उभिएर त्यसबारे स्पष्ट पार्नुपर्ने बताए । अहिले प्रधानमन्त्रीको राजीनामा मागेर देशलाई अस्थिरतातर्फ लैजान नहुने पनि उनको तर्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार