Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी हल्ला चलाइयो : गृहमन्त्री श्रेष्ठ

    प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी हल्ला चलाइयो : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 879
    SHARES

    फाइल तस्विर

    चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी चलाइएको हल्लामा सत्ययता नभएको बताएका छन् ।

    गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कुरा नभनेको र प्रितम सिंहले ठीक गर्नुभयो भनेर नभनेको भन्दै यसलाई अतिरञ्जीत गर्न आवश्यक नरहेको बताए ।



    गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्रीले सरकार बनाउन भारतले सहयोग गरेको भन्ने हल्ला मात्रै भएको बताए । बाहिर आएका कुरा हेर्दा पनि प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने नदेखिएको उल्लेख गर्दै उनले नेपालको प्रधानमन्त्री नेपालको संसद्ले निर्वाचित गर्ने बताए ।



    जननिर्वाचित सरकार र जनताको शासन प्रणालीका निम्ति सबैभन्दा बढी सङ्घर्ष गर्ने नेताले यहाँको सरकार बनाउनका निमित्त विदेशको मुख ताक्ने वा विदेशतर्फ धाउने कुरा हुन नसक्ने उनको तर्क थियो ।

    प्रचण्डले सोमबार एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक दिल्ली गएको बताएका थिए । यद्यपि यसबारे प्रचण्डले बुधबार आफूले प्रितम सिंहले बोलेको कुरा बोलेको भन्दै प्रष्टीकरण दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार