Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिको पौडेलको नाममा पोखरामा १ रूपैयाँ संकलन अभियान, खगराजले दिए पाँच रुपैयाँ

पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघले पोखरामा राष्ट्रपति रामचन्द्र पौडेलको नाममा ‘एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन् ।

बुधबारदेखि सुरु गरेको चन्दा संकलनमा गण्डकी प्रदेशसभा बाहिर निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका थिए ।

संसद सकिएपछि बाहिर निस्किदा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीले राष्ट्रपतिका लागि भन्दै पाँच रुपैयाँ चन्दापेटिकामा हालिदिएका थिए ।

पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने बताईएको छ ।

राष्ट्रपति पौडेलले भारतमा गराएको उपचार खर्च सस्तो लोकप्रियताको लागि आफैँ व्यहोर्न चाहेको भनिए पनि पछि रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि उनको चर्को आलोचना भैरहेको छ ।

राष्ट्रपति पौडेलले  गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077