Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • घोराही सिमेन्टको आईपीओमा आवेदन दिएकाले रद्ध गर्नसक्ने

    घोराही सिमेन्टको आईपीओमा आवेदन दिएकाले रद्ध गर्नसक्ने

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 894
    SHARES

    काठमाडौं । घोराही सिमेन्टको सार्वजनिक निष्कासन आईपीओ पुनः सुचारु हुने भएको छ ।

    नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टमा परेको आईपीओ आवेदन फिर्ता लिन सकिने व्यवस्था गरेको हो।



    आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना जारी गरेपछि तीन दिनको समय दिन सकिने व्यवस्था बोर्डले गरेको छ । यस्तै निष्कासन खुला गरेको समयमा सबै शेयर बिक्री नभए अर्को १५ दिन थप गर्न सकिने प्रावधान राखिएको छ ।

    घोराहीमा आवेदन दिएकाहरूले लगानी झिक्नमात्र नभई थपघट गर्न पनि तीन दिनको समय पाउँनेछन् । बोर्डले अनुसन्धानको लागि भन्दै असार ४ गते कम्पनीको शेयर निष्कासन प्रक्रिया तत्काललाई रोकेको थियो ।

    कम्पनीको धेरै आवेदन परेको देखाउन फर्जी आवेदन हालेको पाइएपछि निष्कासन तत्काललाई रोक्का गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार