Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सरकारले ललिता निवास प्रकरणमा संलग्न कसैलाई छाड्दैन : प्रधानमन्त्री प्रचण्ड

    सरकारले ललिता निवास प्रकरणमा संलग्न कसैलाई छाड्दैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 888
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरुलाई आफूहरुले भ्रष्टाचारविरुद्ध चालेको एकपछि अर्को ब्याटल मन नपरेको टिप्पणी गरेका छन् ।

    पार्टी निकट अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले ललिता निवास जग्गामा भएको अनियमितामाथि कसैलाई नछोड्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले ललितानिवास जग्गामाथि धेरै ठूलो सञ्जाल रहेको भन्दै कसैलाई पनि नछोड्ने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘तपाईंहरूले देख्नुभएको छ होला, ललितानिवास जग्गा । हेर्नुहोस् त कति ठूलो षड्यन्त्र । कति ठूलो सञ्जाल । कति ठूलो सेटिङ भएको रहेछ । हेर्दै जानुहोला अझ अगाडि अगाडि बढिन्छ । अझ अगाडि बढिन्छ, छोडिदैंन । यसो गर्दै जाँदा जनता र युवाको साथ भएपछि मलाई कसैले हिलाउन सक्दैनन् । हिजोपनि जनताको साथ लिएर यहाँ आइएको हो ।’

    उनले भ्रष्टाचारविरुद्धको फाइल खोलेर लडाइँ छेडेपछि विरोधी शक्तिहरु हैरान भएको बताए ।प्रधानमन्त्री प्रचण्डले जनताको मुद्दालाई बोकेर अघि बढेको बताए ।

    यसअघि प्रतिपक्षी दलले वैशाख देख्दैनस् भन्ने गरेको र आज असार समेत कट्न थालिसकेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार