Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले संसद् बैठक अवरुद्ध गर्ने

    प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले संसद् बैठक अवरुद्ध गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 585
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरुद्ध गर्ने भएको छ ।

    पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिको विरोधमा बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।



    आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको एमाले ठहर गरेको छ ।



    प्रधानमन्त्रीको आपत्तिजनक र देशको सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएकाले राजीनामा माग्ने निर्णय गरेको छ ।

    प्रचण्डले सोमबार एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक दिल्ली गएको बताएका थिए ।

    यद्यपि यसबारे प्रचण्डले बुधबार आफूले प्रितम सिंहले बोलेको कुरा बोलेको भन्दै प्रष्टीकरण दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार