Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले भने – बोल्दै नबोलेको कुरामा विपक्षीले बबण्डर मच्चाए

    विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले भने – बोल्दै नबोलेको कुरामा विपक्षीले बबण्डर मच्चाए

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 846
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओबादी आन्दोलनलाई असफल बनाउन प्रतिकृयाबादीहरुले षड्न्त्र गरेको बताएका छन् ।

    पार्टी निकट अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    राज्यको बागडोर हाम्रै भागमा घुमिफिरी आइपुगेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो त्यत्तिकै आएको होइन। इतिहासको बलमा हामी यहाँ छौं। यो अरुलाई पचेको छैन । भ्रष्टाचार, कुशासन र बेथीतिविरुद्धको अभियानमा छु। यो प्रतिकृयावादीलाई मन परेको छैन। ३२ सिट भएको पार्टीले कुशासनविरुद्ध अभियान चलाएको उनीहरुलाई मन परेको छैन।’



    त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफ्नो पछिल्लो एक अभिव्यक्तिप्रति उठेको सार्वजनिक सवालको खण्डन गरेका छन्।

    सरदार प्रितम सिंहबारे लेखिएको‘रोड्स टु द भ्यालीद लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ नामक पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली जाने गरेको आशयको अभिव्यक्ति दिएका थिए।

    प्रधानमन्त्री प्रचण्डले आफूले बोल्दै नबोलेको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूर्वाग्रही राखेको बताए।

    आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भन्ने विषयमा अनरगल प्रचार गरेर प्रतिपक्षले बबण्डर मच्चाएको स्पष्ट पारे। आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा सोही विषयमा प्रधानमन्त्रीको जवाफ माग्ने तयारी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार