बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले प्रदेश सम्मेलन आगामी भाद्र महिनामा गर्ने भएको छ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको भालु भाङमा बसेको बैठकले भाद्र महिना मसान्तभित्र सम्मेलन गर्नेगरि तयारी अगाडि बढाउने निर्णय गरेको हो ।
सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवं सम्मेलन प्रतिनिधिहरूको सहभागिता हुने छन् ।
कांग्रेस लुम्बिनीले भातृ तथा शुभेच्छुक संस्थाहरूमा नियुक्तिका लागि सम्बन्धित तहका समितिको सिफारिसमा मात्र गर्न पनि केन्द्रीय समितिलाई अपिल गरेको छ ।
साथै प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापतिहरूलाई पार्टीको नीति र समसामयिक राजनीतिको विषयमा प्रशिक्षण दिने समेत निर्णय गरेको कांग्रेस लुम्बिनीले जनाएको छ ।
Leave a Reply