Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पानीको निकास नहुँदा राजविराजस्थित गजेन्द्रनारायण अस्पताल डुबानमा

    पानीको निकास नहुँदा राजविराजस्थित गजेन्द्रनारायण अस्पताल डुबानमा

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । वर्षाको पानी निकास नहुँदा सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ ।

    मंगलबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले अस्पताल डुबानमा परेको हो । ओपिडी, एक्सरे, औषधि पसल र आवास डुबानमा परेको छ ।



    अत्यधिक वर्षाका कारण राजविराजसहित जिल्लाका विभिन्न भूभाग डुबानमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार सप्तरीमा पछिल्लो चौबिस घण्टामा २ सय मिलिमिटरसम्म वर्षा भएको छ ।



    साथै जिल्ला प्रशासन कार्यालय सप्तरीले अविरल वर्षा भइरहेकाले होचो स्थानमा डुबान तथा बाढीको सम्भावना रहेकाले विशेष सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार