Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिरोले तीनवटा सडकखण्ड अवरुद्ध, १३ वटा एकतर्फी सञ्चालन

काठमाडौं । बाढी र पहिरोका कारण हाल तीनवटा सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार आज बिहान ७ः३० बजेको तथ्यांकअनुसार देशभरका तीनवटा सडकमा सवारी आवगमन ठप्प छ भने भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन् ।

विभागका अनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्गअन्तर्गत हेवा खोलामा पुल बगाएको छ। त्यसले मेची राजमार्ग सञ्चालनमा आउन सकेको छैन।

त्यस्तै चतरा–मुलघाट–माझीटार–अमपारपुरडाँडा–गणेशचोक पुग्ने तमोर करिडोरअन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन ।

यता रानी–विराटनगर, इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का पुग्ने कोशी राजमार्गको हाइटारमा अवरूद्ध हुँदा त्यो राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन।

मुग्लिन–नारायणगढ सडक अहिले सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077