काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको रकम भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।
परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको उपचारका लागि भएको यथार्थ खर्चको विल भरपाई बमोजिमको रकम भुक्तानी दिने प्रयोजनका लागि निकासा गरिदिन अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।
राष्ट्रपति पौडेललाई गत वैशाख ६ देखी १७ गतेसम्म श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्लीमा उपचार गर्न लगिएको थियो ।
अर्थ मन्त्रालयले असार ११ गते स्वास्थ्य उपचार लगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ को सहमति दिएको थियो ।
राष्ट्रपति पौडेलको उपचारका लागि भएको कूल खर्चमध्येको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँको विल भरपाई अर्थमा पेस गरिएको थियो । राष्ट्रपति पौडेलाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो ।
भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो । चार्टर विमान र नियमित उडानका भाडाबापत ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको छ ।
Leave a Reply