Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनोञ्जन करदातालाई काठमाडौं महानगरले भन्यो - डिजिटल प्रणाली सञ्चालनमा ल्याई नियमनका लागि बुझाउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोञ्जन करदातालाई ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याई सबै विवरण नियमनका लागि बुझाउन निर्देशन दिएको छ।

मंगलबार महानगरभित्रका मनोरञ्जन कर तिर्ने सबै संस्थाहरूलाई पत्र काटेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए सञ्चालनमा ल्याई सबै डिजिटल विवरणको पहुँच महानगरपालिलकालाई दिन आग्रह गरेको हो ।

कर छली गरिएको छ कि छैन भनेर नियमन गर्न मनोरञ्जन करदाताको डिजिटल प्रणालीको डाटा माग गरिएको महानगरपालिलकाले जनाएको छ । दैनिक मनोरञ्जन कर तिर्नेको संख्या र कर छली कसैले गरेको छ कि छैन भनेर जाँच गर्न सबैको डाटाको एक्सेस मागिएको हो।

महानगरले अष्टनारायण पिक्चर्स, कलंकी सिनेमा, सार्थक इन्टरटेन्मेन्ट, केएल सिनेमा सिटी, कोर प्लान विल्डर्स, गोपीकृष्ण मुभिज, ओकुलर होल्डिङ्स, दरबार सिनेम्याक्स, रञ्जना सिनेप्लेक्सलगायतलाई डिजिटल विवरण बुझाउन पत्र पठाएको छ।

यस्तै काठमाडौं फनपार्क भृकुटीमण्डपलाई पनि पत्र पठाएको हो। मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भएमा भने ३ दिनभित्र प्रणालीमा विवरण प्रविष्ट गर्न पनि भनेको छ। मनोरञ्जन कर फनपार्क, सिनेमा हल, स्वीमिङ पुल, दोहोरी साँझ लगायतले तिर्ने गर्छन्। जिल्ला अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन म्याद थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077