काठमाडौं । दक्षिण तथा मध्य-एसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लू नेपाल आउने मिति तय नभएको भए पनि यही जुलाई महिनाभित्र भ्रमणमा आउने निश्चित भएको हो ।
यसअघि पनि दुईपटक नेपालको भ्रमण गरिसकेका लूले नेपालमा रहँदा उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ ।
उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा भ्रमणको क्रममा नेपाल आइपुगेका थिए ।
त्यसपछि पनि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा संवाद गर्न उनी नेपाल आएका थिए । लू अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्री मध्येका एक हुन् ।
Leave a Reply