काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा आयरल्याण्डविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।
सातौँ स्थानको प्लेअफमा नेपालका कप्तान रोहित पौडेल २९ रन बनाएर आउट आएका हुन् ।
नेपालले यसअघि ८ रन बनाएका कुशल भुर्तेल र ७ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । २३ ओभर समाप्त हुँदा नेपालले ९४ रनमा ३ विकेट गुमाएको छ ।
नेपाल र आयरल्याण्डबीचको खेल हरारे स्पोर्ट्स क्लबमा भइरहेको हो । आयरल्याण्डविरुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज आरिफ शेख र प्रतिश जिसीलाई विश्राम दिएर कुशल मल्ल र किशोर महतोलाई मौका दिएको हो ।
प्लेअफमा विजयी भएपछि नेपाल र आयरल्याण्डले सातौं स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले प्लेअफमा सेमिफाइनलमा यूएईविरुद्ध ३ विकेटको जित निकाल्दै आयरल्याण्डसँगको भेट पक्का गरेको थियो ।
Leave a Reply