Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले ‘मेमोरी किङ’ शर्मालाई दिए बधाई

    प्रधानमन्त्री प्रचण्डले ‘मेमोरी किङ’ शर्मालाई दिए बधाई

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 798
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई दिएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई तथा थप सफलताको शुभकामना दिएका हुन्।



    आफ्नो ध्यान, साधना र ‘मेमोरी टेक्निक’ को बारेमा विद्यार्थीलाई तालिम दिँदै आएका शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान कायम गरेका हुन् ।



    शर्माले यसअघि सन् २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए।

    स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका शर्माले छिट्टै तेस्रो रेकर्ड राख्ने तयारी गरेका छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार