Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ ।

परिसरको मौलिकता, सौन्दर्य र वातावरण शान्त, स्वच्छ र सुरम्य हुन आवश्यक रहेको भन्दै महानगरले सो क्षेत्रभित्र सवारीसाधनलाई निषेध गरेको हो ।

महानगरका मेयर बालेन शाहले काठमाडौं मुख्यत रुपमा प्राचीन र ऐतिहासिक कालीगढीको उदाहरण भएको र यहाँको पहिचान भनेकै यहाँका सम्पदा भएको बताए ।

'विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायिकता अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्। यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन्,' उनले भनेका छन्, 'यसैले हनुमानढोका परिसरभित्र सवारीसाधनहरूलाई निषेध गरिएको छ।'

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077