Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गर्ने काठमाडौं महानगरको निर्णय

    हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गर्ने काठमाडौं महानगरको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ ।

    परिसरको मौलिकता, सौन्दर्य र वातावरण शान्त, स्वच्छ र सुरम्य हुन आवश्यक रहेको भन्दै महानगरले सो क्षेत्रभित्र सवारीसाधनलाई निषेध गरेको हो ।



    महानगरका मेयर बालेन शाहले काठमाडौं मुख्यत रुपमा प्राचीन र ऐतिहासिक कालीगढीको उदाहरण भएको र यहाँको पहिचान भनेकै यहाँका सम्पदा भएको बताए ।



    ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायिकता अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्। यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन्,’ उनले भनेका छन्, ‘यसैले हनुमानढोका परिसरभित्र सवारीसाधनहरूलाई निषेध गरिएको छ।’

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार