Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध, खुलाउने प्रयास जारी

    सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध, खुलाउने प्रयास जारी

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1.2K
    SHARES

    पाल्पा । सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । अविरल वर्षासँगै माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले राजमार्ग अवरुद्ध भएको हो ।

    राजमार्गको माथिल्लो भागमा स्थानीय तहले जथाभावी सडक स्तरोन्नति गर्दा फालेको गेग्रान र लेदो बगेर माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।



    पहिरो र लेदो पन्छाउन पानी परिरहेकाले मुस्किल परेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।



    आर्यभन्ज्याङ–राम्दी सडकको बगनासकाली गाउँपालिका–४, सेरामा पनि माथिल्लो भागबाट गेग्रान र लेदो हितको पहिरो खसेर यात्रुले सास्ती खेप्नु परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार