Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी आठ जिल्लामा राति अति भारी वर्षा, दिउँसो १ बजेसम्म सतर्क रहन अनुरोध

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका केही जिल्लामा राति अति भारी वर्षा भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशका केही स्थानमा पछिल्लो ६ घण्टादेखि अति भारी वर्षा भइरहेको हो ।

बाढी पूर्वानुमान महाशाखाका अनुसनर स्याङजा, तनहूँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको छ ।

उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ । मंगलवार दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077