Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला प्रहरीलाई इन्स्पेक्टरको आपत्तिजनक म्यासेज - ‘तिम्रो फिगरको फ्यान हुँ’

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास तिमिल्सिनाले महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको घटना सार्वजनिक भएको छ । इन्सपेक्टर तिमिल्सिनाले पीडित महिला प्रहरीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्दै म्यासेज लेखेको घटना सार्वजनिक भएको हो । पीडित महिला प्रहरीले इन्सपेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट ट्विटरमा पोष्ट गर्दै आफुलाई असुरक्षित बनाएको उल्लेख गरेकी छिन् । उक्त म्यासेज कुराकानीको स्क्रिनसट सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले डीएसपीको नेतृत्वमा समिति गठन गरेर छानबिन सुरु गरेको छ । ‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा स्क्रिनसट पोष्ट गर्दै उनले लेखेकी छिन् – ‘नेपाल प्रहरीको शक्तिमार्फत सुरक्षा सेवकले नै महिलामा असुरक्षा सिर्जना गरिरहेका छन्।’ स्क्रिनसटमा उल्लेख भएअनुसार राति ११ बजे गरिएको तिम्सिनाले फोटो पठाउन भनेका छन् । ‘ट्रस्ट मी, इट्स विट्विन अस’ उनले लेखेका छन् । पीडितले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन् । ‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन भनेका छन् । जवाफमा पीडितले ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेकी छन् । तिम्सिनाले आफ्नो ‘क्लासले पनि नराम्रो गर्न नदिने’ भन्दै उनलाई फोटो पठाउन दबाब दिएको देखिन्छ । तिम्सिनाले फेरि तिमी भिडियो कलमा सहज महसुस गर्छौं भन्दै प्रश्न गरेका छन् । ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानविन गर्न समिति गठन गरेर अनुसन्धान थालेको जनाएको छ । आरोपी तिम्सिनाले चाहिँ सार्वजनिक स्क्रीन सटमा देखिएको आईडी आफूले चलाउने नगरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077