Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • भ्रष्टाचार नियन्त्रण गर्न सरकार अझै कडा तरिकाले प्रस्तुत हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    भ्रष्टाचार नियन्त्रण गर्न सरकार अझै कडा तरिकाले प्रस्तुत हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 582
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको पक्षमा आफूले कोही कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

    बालुवाटारमा वाईसीएलका पदाधिकारीसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताए। उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढंगको क्रान्तिको संज्ञा दिए। विगतका सबैजसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।



    प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा जस्तै बालुवाटार जग्गा प्रकरणमा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पारे । उनले विगतमा सबैजसो ठूला काण्डका दोषीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।

    भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सवालमा सरकारले कोही कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै त्यसमा साथ र सहयोग दिन युवा नेतृत्वलाई प्रधानमन्त्रीले आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार