Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • ललिता निवास प्रकरण : थप दुईजना आरोपी पक्राउ

    ललिता निवास प्रकरण : थप दुईजना आरोपी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

    ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसूरमा समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।



    उनीहरूलाई सोमबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिईएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा मोही बनेका थिए ।



    ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।

    ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ पक्राउ गरेको थियो। ललिता निवास प्रकरणमा हालसम्म ब्युरोले पक्राउ गरेकाको संख्या ९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार