Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र वाईसीएलका नेताहरूबीच पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनेबारे छलफल

    प्रधानमन्त्री प्रचण्ड र वाईसीएलका नेताहरूबीच पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनेबारे छलफल

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 720
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भातृ सङ्गठन वाईसीएल नेताहरूसँग छलफल गरेका छन्।

    वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सोमबार भएको उक्त छलफलमा सरकारले गरेको जनपक्षीय कामको रक्षा गर्दै अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको बताए।



    उनले नयाँ ढङ्गको पार्टी निर्माणको विषयमा र देशको आवश्यकता सहितको नेतृत्वमा केन्द्रिकरण गर्ने विषयमा गम्भीर छलफल भएको बताए।



    साथै सरकारले चालेका जनपक्षीय कदमको साथ, समर्थन गतिशीलता, नयाँ ढंगको पार्टी निर्माणमा नयाँ प्रयोग लगायत समसामयिक विषयमा छलफल भएको दीपशिखाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार