काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद मंगलबार अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन उनी मंगलबार बिहान २ बजे अजरबैजानको बाकु जान लागेका हुन्।
अजरवैजानको वाकुमा आयोजना हुने उक्त बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको टोली मंगलबार बिहान २ बजे त्यसतर्फ जान लागेका हुन्।
मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री साउदको भ्रमण स्विकृत गरिसकको छ । वाकुमा यही असार २० र २१ गते मन्त्रिस्तरीय बैठक हुनेछ।
साथै असार १८ र १९ मा उच्च अधिकारी बैठक समेत हुने जनाईएको छ। मन्त्री साउद उक्त सम्मेलनबाट असार २२ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Leave a Reply