Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोज्ने दुई जना पक्राउ

    अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोज्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 1.4K
    SHARES

    संकेतिक तस्विर

    बुटवल । प्रहरीले नागरिकता दिलाउनका लागि गलत सिफारिस गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी पत्नी ४२ वर्षीया सीता कशौधन रहेका छन् ।



    उनीहरुले आफूसँग सम्बन्ध नभएका दुई जनालाई छोरी र एक जनालाई छोरा भनी नागरिकता बनाइदिन खोजेका थिए ।



    नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा आइतबार पुगेका उनीहरुलाई झुटो विवरण पेश गरेको सूचनाको आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार