काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने भएका छन् ।
कैलालीमा भएको एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बरमा चीन भ्रमणमा जाने बताएका हुन्।
परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी, महत्वपूर्ण र सार्थक हुने बताए ।
परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए ।
आर्थिक रूपमा मात्रै होइन विश्वमहाशक्तिका रूपमा उदाउँदै गरेको प्रधानमन्त्रीको चीन भ्रमण नेपालका लागि फलदायी हुने बताए ।
Leave a Reply