काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्धार र राहत कार्यमा खट्ने गरि प्रदीप तिमिल्सिनाको संयोजकत्वमा द्रुत कार्य टोली (र्यापिड एक्सस टीम, आरएटी) गठन गरेको छ ।
विशुद्ध सामाजिक कार्यमा संलग्न गराउनका लागि पार्टीले १२ जना रहने गरि बनाएको केन्द्रीय समिति भने केन्द्रीय आरएटी विभागको मातहतमा हुने रास्वपाले जनाएको छ ।
विभागको प्रमुखमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ (विष्णु पुरूष) छन् । उद्धारका लागि खटिने द्रुत टोलीको समिति ७ देखि ३३ जनासम्मको हुने जनाईएको छ । दैवि प्रकोपमा परेका नागरिकलाई तत्काल उद्धार गर्न लागि आएटी परिचालन हुने भएको छ ।
केन्द्रीय आरएटी टिमको संयोजक तिमल्सेनासहित उप–संयोजकमा प्रेम थापा, सचिवमा फणिन्द्र पौडेल र कोषाध्यक्षमा कृष्णबहादुर थापा रहेका छन् ।
त्यस्तै, राम कृष्ण श्रेष्ठ, महमद हुसेन खान, चिरञ्जिवी तिमल्सिना, रवि भुजेल, शेरबहादुर सिंह, सुरज खड्का, दिपा केसी, मिलनचन्द्र महत सदस्य रहेका छन् ।
Leave a Reply