Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – देश बनाउने एजेण्डा लिएर आए नयाँ दललाई ठाउँ छोड्न तयार छौं

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – देश बनाउने एजेण्डा लिएर आए नयाँ दललाई ठाउँ छोड्न तयार छौं

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 603
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैकल्पिक शक्तिका रुपमा आउन चाहने नयाँ दलहरुलाई एजेण्डा लिएर आए स्वागत गर्ने बताएका छन् ।

    सोमबार स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको भविष्यसँग सम्बन्ध राख्ने राजनीतिक एजेण्डा लिएर आए ठाउँ छोड्न पनि तयार रहेको बताएका हुन् ।



    उनले वैकल्पिक शक्ति बन्नका लागि फेसबुकको गालीलाई एजेण्डा बनाएर नहुने भन्दै पछिल्लो पुस्तालाई योगदानको कदर गर्न सिकाउनुका साटो अपमान गर्न सिकाउने प्रयास भईरहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीभन्दा राम्रो विचार बोकेर, हामीभन्दा धेरै त्याग र बलिदानी गरेर वा गर्न तयार भएर कोही राजनीतिमा आउँछ भने हामी स्वागत गर्छौँ । हामीले भन्दा राम्रा मुद्दा बोकेर जनताको मन कसैले जित्छ भन्ने हामी ठाउँ छोड्न पनि तयार छौँ।’

    उनले संविधानको रक्षा र कार्यान्वयनका लागि आफू आउनै पर्छ भन्ने भएर आफू प्रधानमन्त्री बनेको भन्दै संविधानको भावनाअनुरुप यसको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता र नागरिकमा रहेको निराशा घटाउनु आफ्नो लक्ष्य भएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार