काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत आज सोमबार सुपर सिक्सको पाँचौ खेल हुँदैछ।
सुपर सिक्सको पाँचौ खेलमा ओमान र नेदरल्यान्ड्स भिड्दैछन्। हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ।
नेदरल्यान्ड्स नेपाल रहेको समूह’ए’मा दोस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।
ओमान भने समूह बीको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो। सुपर सिक्समा दोस्रो खेल खेल्दै गरेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्।
आजको खेलमा पराजित भएमा नेदरल्यान्ड्स सुपर सिक्सबाट बाहिरिने तेस्रो टोली बन्ने छ ।
Leave a Reply