Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकासँग ३ अर्ब डलर बराबरको लडाकु जहाज खरिद गर्दै इजरायल

एजेन्सी । इजरायलले अमेरिकासँग ३ अर्ब डलर बराबरको लडाकु जहाज खरिद गर्ने भएको छ ।

अमेरिकासँग एफ–३५ सिरिजका २५ थान लडाकु जहाज खरिदका लागि इजरायली संसदले सरकारलाई अनुमति दिएको हो ।

अमेरिकाको लकहिड मार्टिन कम्पनीले निर्माण गर्ने उक्त जहाज खरिद गरेसँगै इजरायलसँग यही सिरिजका लडाकु जहाजको संख्या ७५ पुग्नेछ ।

इजरायल र अमेरिकाबीच लडाकु जहाज खरिद बिक्रीबारे लामो समयदेखि छलफल चलिरहे पनि अमेरिका तयार भएको थिएन।

अमेरिका तयार भएलगत्तै इजराली संसदले लडाकु जहाज खरिदको अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077