Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी सेनाद्धारा युक्रेनको राजधानी किभमा ड्रोन आक्रमण

काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभमा पुनः ड्रोन आक्रमण सुरु गरेको छ ।

करिब दुई हप्तामा पहिलोपटक आइतबारदेखि रुसी सेनाले किभमा पुनः ड्रोन आक्रमण सुरु गरेको हो ।

युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनको राजधानी किभमा दिउँसो साढे २ बजेतिर हवाई आक्रमणको अलार्म बजेको थियो ।

त्यसलगत्तै सुरु भएको आक्रमणलाई युक्रेनी एयर डिफेन्स फोर्सले सबै ड्रोनलाई नष्ट गरेको थियो ।

किभका सैन्य प्रशासन प्रमुख सेर्ही पोप्कोका अनुसार एयर डिफेन्सले किभको एयरस्पेसमा रहेका सबै ड्रोनहरू नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077