Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 513
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताएका छन् ।

    आइतबार दिउँसो काठमाडौंमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाहरूको भविष्यसँग जोडिएको भन्दै युवाहरुको सर्वाङ्गीण विकासलाई लक्षित गरेर आफूले खेलकूद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताए ।



    प्रधानमन्त्रीले भने, ‘यसपटक मैले कला–साहित्य र खेलकूदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। सामाजिक एकता र सद्भावका निम्ति, पर्यटन प्रबर्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ।’

    चार दिनसम्म चल्ने प्रतियोगिताको नेपाल बक्सिङ संघको तत्वावधान र अखिल नेपाल खेलकूद संघ र बुढानिलकण्ठ नगरपालिकाले संयुक्त आयोजना गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार