Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • ललिता निवास भित्रका अस्थायी संरचना हटाउन महानगरको सात दिन अल्टिमेटम

    ललिता निवास भित्रका अस्थायी संरचना हटाउन महानगरको सात दिन अल्टिमेटम

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवासको जग्गामा निर्माण गरिएका भौतिक संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

    मेयर बालेन्द्र साह बालेन को निर्देशनमा तारबार गर्न बालुवाटार पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेको टोलीले ७ दिने अल्टिमेटम दिएका हुन् ।



    काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह बालेनले बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा संरक्षण गर्न नगरप्रहरीलाई निर्देशन दिएका थिए ।



    राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको थियो ।

    सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने बताएको छ ।

    नगर प्रहरीले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण कार्य रोक्ने काम गर्ने जनाईएको छ । अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।

    ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार