सुर्खेत । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सात बुँदे सहमति भएसँगै प्रदेशसभामा जारी अवरोध हटेको छ ।
आईतबार प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता पक्षबीच सहमति पत्रमा हस्ताक्षर भएसँगै बैठक सुरु हुने भएको छ ।
तर, सर्वदलीय बैठकमा प्रतिपक्ष दल राप्रपा र सत्तापक्षीय दल नेकपा एकीकृत समाजवादी भने सहभागी भएका थिएनन् ।
बैठकले आगामी आर्थिक वर्षमा सरकारबाट १५ लाखभन्दा कम रकम विनियोजन भएका योजनाहरू कार्यान्वयन नगर्ने लगायतका निर्णय गरेको छ ।
एमालेले यसअघि बजेट संशोधन लगायतका माग राख्दै सदन अवरुद्ध गर्दै आएको थियो । बैठकमा ताल तलैया, बीउ विजन तथा क्रमागत योजनाहरूमा विनियोजित रकमबाट योजनाले पूर्णता पाउने भए उक्त, योजना कार्यान्वयन हुने व्यवस्था मिलाउने सहमति भएको छ ।
Leave a Reply