Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • बीआरआईमा चिनियाँ अधिकारीहरुको चासो छ : गृहमन्त्री श्रेष्ठ

    बीआरआईमा चिनियाँ अधिकारीहरुको चासो छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 756
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनवादी चीनबाट स्वदेश फर्किएका छन् ।  पाँचदिने भ्रमण सकेर उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्किएका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले चीन भ्रमण फलदायी भएको बताएका छन्।



    भ्रमणका क्रममा आफू र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्म छलफल भएको गृहमन्त्री श्रेष्ठले बताए ।



    गृहमन्त्री श्रेष्ठले भने,’बीआरआईको सन्दर्भमा पनि नेपाल सरकारले २०७० मा सम्झौता गर्‍यो । त्यसको कार्यान्वयनका लागि दुई पक्षबीचमा छलफल भइरहेको छ । अन्तिम रुप दिइसकेपछि बीआरआई प्रोजेक्टको मोडालिटिको बारेमा टुंगो लगाउने छौं । यो प्रोजेक्टबाट पनि हामी लाभान्वित हुने अपेक्षा गरेका छौं । बीआरआईबाट कस्तो खालको लाभ लिनसक्ने गरी तयारी गर्नु भएको छ भनेर सोध्नु भएको थियो । त्यो विषयमा नेपाल सरकारको नीतिको बारेमा स्पष्ट पारेका छौं ।’

    चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको बताए । उनले नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लगाउने बताए ।

    छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार