काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरवैजान जाने भएका छन्।
अजरवैजानको वाकुमा आयोजना हुने उक्त बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको टोली असार १९ गते राति त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।
मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री साउदको भ्रमण स्विकृत गरिसकको छ । वाकुमा यही असार २० र २१ गते मन्त्रिस्तरीय बैठक हुनेछ।
साथै असार १८ र १९ मा उच्च अधिकारी बैठकसमेत हुने जनाईएको छ। मन्त्री साउद असार २२ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
Leave a Reply