Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • यूएईविरूद्ध नेपालको पहिलो सफलता, करणले लिए विकेट

    यूएईविरूद्ध नेपालको पहिलो सफलता, करणले लिए विकेट

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 936
    SHARES

    काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपालले यूएईविरुद्व दोस्रो बलमै विकेट लिएको छ ।

    विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।



    केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खानलाई शून्य रनमा विकेट लिएका थिए । करणले आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराए ।



    पहिलो विकेट गुमाउँदै यूएईले खातासम्म खोलेका थिएन । नेपाल र यूएईबीच सातौं वरीयताका लागि प्लेअफ चरणको खेल भइरहेको छ ।

    नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले झण्डै ४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने अवसर पाएका छन् ।

    विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि हुन लागेको प्ले अफ सेमिफाइनलमा ज्ञानेन्द्र नेपालको प्लेइङ सेटमा रहेका छन् ।

    यूएईविरुद्ध भइरहेको खेलमा नेपाली टोलीमा ज्ञानेन्द्रसहित तीन खेलाडी परिवर्तन भएका छन् । प्रतिस जिसी र अर्जुन साउदले पनि प्लेइङ ११ मा ठाउँ बनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार